0 COMMENTS
काठमाडौँ, १८ चैत/ राष्टिय जनता पार्टी नेपाल (राजपा) ले बारा र पर्सामा आइतबार साँझ आएको विनाशकारी हावाहुरी प्रभावितलाई  सहयोग गर्ने भएको छ ।
 राजपा नेपाल का अध्यक्ष मण्डल  संयोजक मा. शरत सिंह भण्डारी ,अध्यक्ष मा.महनथ ठाकुर ,अध्यक्ष मा.राजेन्द्र महतो लगायत अध्यक्ष गण तथा पार्टी केन्द्रिय महामन्त्री जीतेन्द्र सिंह र सह महामन्त्री संजय यादव काे राहत टोली अाज काठमाण्डाै बाट नगद रू पाँच लाख सहित बारा  प्रस्थान गरेकाछन् ।
 
राजपाका अध्यक्ष मण्डलका अध्यक्ष शरदसिंह भण्डारीले आज एक विज्ञप्ति जारी गर्दै पीडितका लागि पार्टीले राहतस्वरुप रु पाँच लाख उपलब्ध गराउने निर्णय गरेको बताउनुभयो ।
 
घटनाप्रति दुःख व्यक्त गर्दै राजपाले पूरै पार्टी पङ्क्तिलाई उद्धार कार्यमा यथाशीघ्र लाग्न आग्रह गरेको छ । साथै राहत सहयोग सङ्कलन गर्न तथा पीडित परिवारलाई सहयोग गर्न आम नागरिक, व्यवसायी तथा देश–विदेशमा रहेका सबैलाई अपिल गरेको छ । राजपाले प्राकृतिक विपत्को अवस्थामा प्रदेश दुई सरकारले देखाएको तत्परतको प्रशंसा गर्दै सङ्घीय सरकारलाई सहयोग गर्न आग्रह गरेको छ । बारा र पर्सामा आइतबार साँझ आएको आँधी, हावाहुरी र असिना पानीले हालसम्म २७ जनाको मृत्यु भएको छ ।
 
प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।