0 COMMENTS

जनकपुरधाम चैत्र१८/ जिन्दगीको मूल्य कति हुन्छ ? भनिन्छ- अनमोल । तर, मधेसको धेरै छोरी चेलीका लागि त्यही जिन्दगी एक धर्को सिन्दुरभन्दा धेरै सस्तो भइरहेको छ ।

दाइजोको नाममा तीमध्ये कतिले लामो जिन्दगी पलपल मरेर बाँचिरहनुपरेको छ । कतिले बाँच्छु भन्दाभन्दै मर्नु परिरहेको छ । वीरगञ्जकी सुनितादेवी यसको पछिल्लो सिकार हुन् । श्रीमानको निर्घात कुटाईबाट उनको अकालमै ज्यान गुमाउनु पर्यो । १५ वर्षसम्मको यातनाको अन्त्य मृत्युबाट भयो ।

चिकित्सक श्रीमान सतितानन्द यादवको बर्बर यातना अन्ततः उनको शरीरले थेग्न सकेन् । उपचारका क्रममा काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा शुक्रबार साँझ सुनिताको मृत्यु भयो ।

बाराको परवानीपुर बहुअरीको सुनिताको विवाहका बेला चिकित्सक ज्वाइँ पाउन परिवारले दाइजोमा २० लाख रुपैयाँसम्म खर्चेको थियो । आजकाे अन्नपूर्ण पाेस्टमा यो समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।