0 COMMENTS

ओखलढुङ्गा, १७ चैत/ओखलढुङ्गामा आज जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । सोलुखुम्बुबाट काठमाडौँ जाँदै गरेको रातो नम्बर प्लेटको बा १६ च २२०७ नं को स्कार्पियो जीप मानेभञ्ज्याङ गाउँपालिका–६ हिलेपानीमा अपराह्न दुर्घटना उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिनुभयो ।

दुर्घटनामा ज्यान गुमाएका सबैको सनाखत
 दुर्घटनामा ताप्लेजुङको ओलाङचुङगोलाका ५५ वर्षीय मिङ्मा शेर्पा, ताप्लेजुङको फत्तालुङका ४५ वर्षीय साम्गेल शेर्पा, काठमाडाैँ बौद्धका ४० वर्षीय ङवाङ सेर्तुङ शेर्पा, सोही ठाउँका ३५ वर्षीय नोर्बु शेर्पा, वाङ्दा शेर्पा र डोमा शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार ज्यान गुमाएकामध्ये चार पुरुष र दुई महिला छन् । सोलुखुम्बुको जुनबेँसी गुम्बाबाट पूजापाठ गरेर काठमाडाैँ फर्कंदै गरेको रातो नम्बर प्लेटको बा १६ च २२०७ नं को जीप दुर्घटनामा परेको थियो । जीप सडकबाट करीब दुई सय मिटर तल खसेको थियो ।

दुर्घटनामा परी चालक कृष्ण श्रेष्ठसहित तीनजना गम्भीर घाइते भएका छन् । घाइतेको उदयपुरको घुर्मीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।