0 COMMENTS

तम्घास, १७ चैत/ पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार आएपछि देशमा हत्या, हिंसा र बलात्कारका घटना बढेको बताउनुभएको छ । सभापति देउवाले भन्नुभयो, “सरकार सेनालाई पनि आफ्नो नियन्त्रणमा राखेर एकदलीय अधिनायकवादी शासन सञ्चालन गर्ने दिशामा उन्मुख रहेको छ ।”

नेपाली काङ्ग्रेस गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको प्रथम जिल्ला सम्मेलनमा पार्टी सभापति देउवाले उक्त विचार व्यक्त गर्नुभएको हो । जनतालाई शुसासन दिइ उनीहरुको आर्थिकस्तर माथि उकास्नुको साटो वर्तमान सरकार जनतालाई कर बढाएको बताउनुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार सङ्घीयता र संविधानको विरुद्धमा गएको आरोप लगाउनुभयो । उहाँले वर्तमान सरकार राष्ट्रवादको भ¥याङ चढेर अधिनायकवादको शिखरमा चढ्ने रणनीतिमा रहेको टिप्पणी गर्नुभयो । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइराला र सहमहामन्त्री प्रकाशशरण महतलगायतका केन्द्रीय नेताहरुले सरकारको आलोचना गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।