0 COMMENTS

प्रतिभा भट्टराइ,काठमाण्डाै१६चैत्र/ देशै भरीका ग्याँस विक्रेताहरु को सामूहिक ऐक्यबद्धता, आत्मनिर्भर र व्यबस्थित कारोबार हाम्रो प्रतिबद्धता भन्ने नारा सहित ग्याँस विक्रेता महासंघ नेपाल प्रदेश नं ३ का ग्याँस व्यवसायी हरुको भेला तथा प्रथम वार्षिक साधारण सभा नेपाल आयल निगम लिमिटेड का आपूर्ति तथा वितरक बिभाग का निर्देशक बीरेन्द्र गोहीत को प्रमुख आतिथ्य मा २०७५ साल , चैत्र १६ गते क्वालिटी क्याफे ठूलो भर्याङ मा आफ्ना माग हरु काे जानकारी गराउँदै सम्पन्न गरियो।

विशेष अतिथि हरु दीपक बराल, महेश्वर कुमार श्रेष्ठ, गोकुल भण्डारी तथा ज्ञानेश्वर अर्याल रहनु भएको उक्त भेलामा आफ्ना माग हरु सम्बन्थित निकायमा पुगिसक्दा पनि माग जायज भएको बताउने तर कार्यान्वयन नगरिने गरेको बताउँदै आफूले थोरै कमिसनमा बमको व्यापार गर्नु परेको दुःखेसो व्यवसायी हरुले पोखेका थिए। साथै दिन ,रात पानी झरी नभनी सेवाप्रदान गर्दा पनि दुर्घट्ना हुँदा आफैले तनाव भोग्नु पर्ने लगायत सचेतना कार्यक्रम मा पनि कसैले चासो नदिने गरेको गुनासो पनी पोखे। अबका केही दिन भित्र पनि यी माग हरु बारे सुनुवाइ नभए, अत्यावस्यक बस्तुको बिक्रीमा बन्द हड्ताल नगर्ने तर कारोबार बन्द गर्न या बिदेसिन बाध्य पारिएको बुझिने पनि उनीहरूको भनाइ थियो।

 सकारात्मक सोचका साथ आफ्नो उद्देश्य पूर्तिका लागि विशेष छलफल द्वारा लागतको विल पारदर्शी तरिकाले बुझाउन सक्नु पर्ने र बमको संज्ञा नदिई सुरक्षित तवरले ग्याँस को बिक्री वितरण तथा प्रयोग गरीनु पर्ने प्रमुख अतिथि बीरेन्द्र गोहीत   बताउनुभयो।

 सभाध्यक्ष अर्जुन खत्रिकोअध्यक्षतामा संचालित सो भेलामा बिक्री वितरण मा प्रमुख भूमिका निभाएका व्यवसायी हरुलाई कदर पत्र पनि प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।