0 COMMENTS

सुर्खेत, १५ चैत्र/जिल्ला प्रहरी कार्यालय सुर्खेतले बिहीबार नेत्रविक्रम चन्द नेतृत्वको समूहका दुई सदस्य पक्राउ गरेको छ ।विशेष सूचनाका आधारमा वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेतस्थित आवास क्षेत्रमा बस्ने समूहका सुर्खेत जिल्ला कमिटी सदस्य ६२ वर्षीय सिद्धबहादुर खड्का र अखिल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सदस्य ४० वर्षीय गोमा खड््का (ओली) लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिएका दुवैको अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताउनुभयो । सुर्खेत प्रहरीले समूहका नेता तथा कार्यकताको खोजी कार्य तीव्र बनाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।