0 COMMENTS

मकवानपुर३०फागुन/अज्ञात समूहले मकवानपुरको थाहा नगरपालिका ४ नयागाउँमा ट्रक जलाएको छ ।काठमाडौंबाट हेटौंडातर्फ आइरहेको ना ५ ख ७४११ नम्बर ट्रकमा गएराति करिब एक बजे अज्ञात समुहले आगजनी गरेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार पालुङ र दामनको जंगलबीच नयाँगाउँमा ट्रकलाई रोकी ४–५ जनाको समूहले पेट्रोल खन्याएर आगजनी गरेको हो । आगजनीबाट ट्रकको टेलरमा क्षति भएको छ ।

ट्रकमा लागेको आगो थाहा नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको थियो । ट्रकको अगाडिको भाग पूरै जलेको छ । ट्रकमा चालक, सहचालकसहित तीन जना सवार थिए ।विप्लव नेतृत्वले आगजनी गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।