0 COMMENTS

 काठमाण्डाै२७फागुन/ सुनसरीको कोशी गाउँपालिका–३ मा आइतबार अर्नाको आक्रमणबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ३५ वर्षीय प्रदीप उराँव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिनुभयो ।

आफ्नै बारीमा तोरी उखेल्ने क्रममा कोशीटप्पु वन्यजन्तु आरक्षणबाट निस्किएको अर्नाले उराँवलाई आक्रमण गरेको थियो । आरक्षबाट आएको अर्नाको आक्रमणबाट उराँव घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।अर्नाको आक्रमणबाट घाइते भएका उराँवको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।