0 COMMENTS

तौलिहवा, २३ फागुन/ प्रहरीको गोली प्रहारबाट कपिलवस्तुको शिवराज नगरपालिका–९ तुरुन्तपुरमा नेत्रविक्रम चन्द नेतृत्वको माओवादी कार्यकर्ता दुर्गाबहादुर रोका घाइते भएका छन् ।

आज बिहान रोकाको शिवराज नगरपालिका–९ तुरुन्तपुरस्थित घरमा प्रहरीले छापा मार्न खोज्दा भाग्दै गरेका रोकाउपर प्रहरीले गोली प्रहार गरेको थियो । खुट्टामा गोली लागी घाइते भएका रोकाको अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरी उपरीक्षक अच्युतम पुडासैनीले बताउनुभयो ।
रोकाको घरबाट दुई थान एसएमजी, त्यसको म्यागजिन तीन थान, एसएमजी गोली ६८ राउण्ड, चाइनिज पेस्तोल एक थान र त्यसको म्यागजिन दुई थान, तीन राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । यसैगरी रोकाको घरबाट रिमोट कन्ट्रोल दुई थान, तार र बम बनाउने सामग्री पनि बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।