0 COMMENTS

काठमाडाैं२३फागुन/ हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको नाममा अक्षय कोष स्थापना भएको छ।बुधबार मन्त्री रविन्द्र अधिकारीको स्मृतिमा आयोजित कार्यक्रममा गरीब जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिन रवीन्द्र अधिकारीका नाममा रु २० लाखको अक्षय कोष स्थापना गरेको अनेरास्ववियुका महासचिव ऐन महरले जानकारी दिए ।

अक्षय कोषका लागि सांसद एवं अनेरस्ववियुकी अध्यक्ष नवीना लामाले एक लाख रुपैयाँ प्रदान गरिन्। उनले अक्षय कोष २० लाखको बनाउने योजना रहेको समेत जानकारी दिइन् ।

अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) ले आयोजना गरेको सो सभामा उपस्थित सबैका आँखा अधिकारीको सम्झनामा रसाएको थियो । सहभागीले नेता अधिकारी पूरा गर्न नसकेको कामलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । दुवै संठनले संयुक्त रुपमा मंगलबार यससम्बन्धी निर्णय गरेको थियो।

गत फागुन १५ गते हेलिकप्टर दुर्घटनामा निधन भएका अधिकारी पहिलोपटक पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा स्ववियु सभापति भएपछि विसं २०५३ मा दोस्रोपटक त्रिवि केन्द्रीय क्याम्पसमा स्ववियु सभापति बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।