काठमाडौँ, २२ फागुन/राष्ट्रिय जनता पार्टी (राजपा)नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको अध्यक्ष मण्डलको बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले जनाउनुभएको छ ।
टीकापुर घटनामा दोषी ठहर गर्दै कैलाली जिल्ला अदालतले राजपाका सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएपछि बसेको राजपा अध्यक्ष मण्डलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ । जारी विज्ञप्तिमा कैलाली जिल्ला अदालतको फैसलाबाट राजपा स्तब्ध र मर्माहत भएको उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्