0 COMMENTS

बासुदेब सेढाई,लमजुङ२२फागुन/ लमजुङको बेसीशहर नगरपालिका – ११ चिति तिलाहारमा रहेको शिद्देश्वाेर मन्दिरमा शिवरात्रीकाे अवसरमा भक्तजनकाे घुईचाे लागेकाे छ । ५०० बर्ष पुरानो ईतिहास बाेकेकाे मन्दिर यसकाे अाफ्नाे अलग्गै परिचय छ । सतीदेवीकाे पिठ पतन भएर शिद्देश्वाेर महादेव उत्पति भएको किंवदन्ती छ । शिद्देश्वाेर मन्दिर लाई धार्मिक र पर्यटकीय स्थल बनाउन भनेर अर्थ संकलनकाे लागि अायाेजना गरिएको ९ दिने शिवपुराणमा सहयोग गर्ने हरुकाे उल्लेख्य सहभागीता रहेको छ ।

९ दिनकाे शिवपुराण र शिवरात्रीमा माहामेला अायाेजना गरिएको मा शिवरात्रीकाे दिनमा मात्रै झन्डै ११ लाख रकम संकलन भएको अार्थिक उपसमिति का संयाेजक शिव प्रशाद जाेशिले बताउनु भयाे । उहाँको अनुसार सहयोग गर्ने हरुकाे उत्साह देख्दा लक्ष्य भन्दा बढी रकम संकलन हुनेछ । शिद्देश्वाेर मन्दिर लाई धार्मिक तथा पर्यटकीय स्थल बनाएपछि बर्षैपिच्छे शिवरात्रीमा माहामेला अायाेजना गरिने कार्यक्रम मुल समितिका अध्यक्ष अचुत बाबू बगाले बताउनुहुन्छ । ऐतिहासिक शिद्देश्वाेर मन्दिर लाई व्यवस्थापन गरेर राष्ट्रिय स्तरमा चिनाउने देशका विभिन्न ठाउँबाट दर्शन गर्न भक्तजनहरु अाउने वातावरण तयार गरिने मन्दिर व्यवस्थापन समिति अध्यक्ष शुभनिधि पाण्डे बताउनुहुन्छ ।

चिति बासिकाे सक्रियतामा अायाेजना गरिएको याे कार्यक्रम अत्यन्तै फलदायी भएको यसले लिएको उद्देश्य पूरा हुने चिति साहित्य समाजका अध्यक्ष स्थिर घिमिरेकाे तर्क छ । पशुपति नाथ लमजुङको करापुटार जस्तै तिलाहारकाे शिद्देश्वाेर मा राति बत्ती बाल्ने हरु पनि अत्यधिक थिय २०० काे हाराहारीमा रातभर बत्ति बाल्ने हरु थिय भने भजन किर्तन गरेर रातभर धुमधाम रमाइलो भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।