0 COMMENTS

काठमाण्डाै२०फागुन/ राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले छिट्टै पार्टी महाधिवेशन गराउने पक्षमा आफू रहेकाले महाधिवेशन नचाहनेले आफु विरुद्ध षडयन्त्र गरी बदनाम गराउने प्रयास गरेको आरोप लगाउनुभएको छ ।

उहाँका पूर्वस्वकीय सचिव रवीन्द्रकुमार चौधरी(राजेश)ले तलब नदिएको बहानामा विभिन्न आरोप लगाएपछि महतोले त्यसको खण्डन गर्दै महाधिवेशन नचाहनेको षडयन्त्र भएको बताउनुभयो । प्रेस मञ्च नेपालले आज जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “म विरूद्ध भई रहेको षडयन्त्रलाई हेर्दा मलाई कुनै आश्चर्य लागेको छैन, अहिले म आफ्नो सम्पूर्ण ध्यान र ऊर्जा तोकेकै समयमा पार्टीको महाधिवेशन गराउन लगाएको हुनाले अरू सानो तिनो कुरामा आरोप प्रत्यारोप लगाएकामा मेरो कुनै चासो छैन ।”

राजपामा बढ्दो सक्रियता र जनप्रभावले आत्तिएर पार्टीभित्र तथा बाहिरका केही शक्तिहरू आफू विरूद्ध लागेको बताउँदै महतोले महाधिवेशनसम्म यस्तो स–साना कुरामा आफू न अल्झिने प्रतिक्रिया दिनुभयो । महतोका स्वकीय सचिव भएर कार्य गर्नुभएका चौधरीले आफ्नो फेसबुकमार्फत तलब नदिएको, झूठो हस्ताक्षर गरेर तलबको रकम हिनामिना गरेको जस्ता आरोप लगाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।