0 COMMENTS

काठमाडौं १८फागुन/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भरतमोहन अधिकारीको निधन भएको छ ।ह्याम्स अस्पतालका क्रिटिकल केयर सर्विसेजका संयोजक डा. हेमराज पनेरु र मेडिकल डाइरेक्टर डा. भास्कर राज पन्तले जारी गरेको प्रेस विज्ञप्तिमा विगत २३ दिनदेखि उपचारमा रहेका ८२ वर्षीय अधिकारीको उपचारको क्रममा शनिबार राति ९ बजेर ३५ मिनेट जाँदा निधन भएको उल्लेख छ ।

अधिकारी विगत ३ हप्तादेखि ह्याम्स अस्पतालमा उपचाररत थिए । उनी लामो समयदेखि फोक्सो र मुटुको रोगमा थप समस्या आएकाले ह्याम्समा भर्ना गरिएको थियो ।

चिकित्सा शिक्षा विज्ञानका अनुसार सम्भव सम्पूर्ण उपचार विधि अपनाउँदा समेत उनको स्वास्थ्य अवस्था बिगत ३ दिनदेखि खस्किँदो स्थितिमा रहेको र महत्वपूर्ण अंगहरुले काम गर्न छाड्दै गरेको उल्लेख छ ।

मन्डिखाटारस्थित ह्याम्स अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको हो । उनको फोक्सो र मुटुमा समस्या भएपछि अस्पतालमा भर्ना भएका थिए ।

अस्पतालले शनिबार दिउँसो गरेको पत्रकार सम्मेलनमा चिकित्सा विज्ञानअनुसार सम्भव सम्पूर्ण उपचार विधि अपनाउँदा समेत स्वास्थ्य अवस्था केहीदिनदेखि खस्किँदो अवस्थामा रहेको जनाएको थियो ।

उनका महत्वपूर्ण अंगहरुले काम गर्न छाडिसकेको अस्पतालले जनाएको थियो । त्यसैगरी उनको पार्थिव शरीरलाई भोलि आइतबार बिहान ९ बजेदेखि १२ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने नेकपाले जनाएको छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।