0 COMMENTS

मिलन चाम्लिङ, धरान १८फागुन/ किरात राई यायोक्खाको तीन दिने १० औं राष्ट्रिय महाधिवेशन शनिबारदेखि धरानमा शुरु भएको छ । प्रदेश नं १ को नामकरण किरात हुनुपर्ने मुख्य एजेण्डा भएको महाधिवेशनको उद्घाटन प्रदेशका मुख्यमन्त्री शेरधन राईले गरेका थिए ।
भानुचोकमा आयोजित समारोहमा प्रमुख अतिथि एवं मुख्यमन्त्री राईले ढोल र प्रदेश सभामुख प्रदिपकुमार भण्डारीले झ्याम्टा बजाएर महाधिवेशनको उद्घाटन गरेका थिए । महाधिवेशन उद्घाटन गर्नुअघि किरात राई यायोक्खाको जिल्ला कार्यालय धरान १० स्थित यलम्बर स्मृति संग्रहालबाट हजारौंको संख्यामा साँस्कृतिक झाँकीसहित र्याली निस्किएको थियो । विभिन्न जिल्ला, प्राकस तथा विदेशबाट आएका प्रतिनिधि, पर्यवेक्षकसहित निस्केको र्यालीले नगरको परिक्रमासमेत गरेको थियो ।

र्यालीमा यायोक्खाको शाखा तथा प्राकसहरुमात्र सहभागी थिएन, आदिबासी जनजाति महासंघ र महासंघमा आवद्ध विभिन्न जातिय संघसंस्थाहरुले पनि ब्यानरसहित सहभागिता जनाएको थियो । र्यालीमा सहभागीहरुले प्रदेश नं १ को नाम किरात राखिनुपर्ने नारा लगाएका थिए । महाधिवेशनमा देशभरका २६ जिल्ला कार्यसमिति, २८ भाषिक तथा थरगत संस्था, ८ भातृसंगठन र ७ सम्बन्धन संस्थाको प्रतिनिधि तथा पर्यवेक्षकहरु सहभागी छन् ।

यस्तै, प्रवासमा रहेको शाखाहरु भारत, हङकङ, बेलायत, अमेरिक, अष्टे«लिया, जापान, दक्षिण कोरियालगायतबाटसमेत गरी हजार जना प्रतिनिधि तथा पर्यवेक्षकहरु महाधिवेशनमा सहभागी छन् । महाधिवेशनको बन्द सत्र भोली र पर्सि धरान ८ स्थित सभागृहमा हुनेछ । महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।