0 COMMENTS

सिरहा१८फागुन/ आफ्नो पसलमा चोरी भएको गुनासो लिएर गाउँपालिका पुग्दा एक स्थानीय कुटिएका छन्। सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका-२ पर्सा पोखरभिण्डाका विष्णुदेव यादव गाउँपालिकाका अध्यक्ष रामबल्लब साहबाटै कुटिएका हुन्।

पीडित यादवलाई गापा अध्यक्ष साहले सुरुमा आफै हात हालेपनि पछि सहयोगीमार्फत कार्यालयबाट हात र लातले कुट्दै बाहिर निकालेको उनकाे आरोप छ। कुटपिटबाट घाइते भएका यादवले लहानस्थित राउ स्मारक अस्पतालमा उपचार गराएर घर फर्केका छन्।उनको अनुहार र आँखामा चोट लागेको छ।शुक्रबार यादवले इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीमा निवदेन दर्ता गराएका छन्। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।