काठमाण्डाै१७फागुन/ सुनको मूल्य ४ सयले घट्यो, प्रतितोला ६२ हजार कायमकाठमाडौं । शुक्रबार सुनको मूल्यमा ४ सय रुपैयाँको गिरावट आएको छ । बिहीबार बुधबार प्रतितोला ६२ हजार ४ सय रुपैयाँ रहेको छापावाल सुनको मूल्य ४ सय रुपैयाँले घटेर ६२ हजार रुपैयाँ कायम भएको हो ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला ६१ हजार ७ सय रुपैयाँ तय भएको छ ।सुनको मूल्य घट्दा अाज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घट्यो । शुक्रबार बजारमा चाँदी प्रतितोला ७ सय ७० रुपैयाँमा कारोबार हुँदै छ ।
प्रतिक्रिया दिनुहोस्