0 COMMENTS

पोखरा, १७ फागुन / जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेको एक भारतीय कैदीको आज मृत्यु भएको छ ।भारतको मोतिहारी घर भई हाल पोखराको चिप्लेढुङ्गा बस्दै आएका ३५ वर्षीय सन्दिप साहको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिनुभयो । लागुऔषधसम्बन्धी मुद्दामा म्याद थप गरी बन्दीका रुपमा रहेका उनलाई बिहान बान्ता गरेपछि अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा साहको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।