0 COMMENTS

काठमाडौँ, १५ फागुन/ नागरिक–सैनिक सम्बन्ध सुदृढ तुल्याउन तथा नयाँ पुस्तालाई नेपाली सेनाको गौरवमय इतिहासबारे जानकारी दिने उद्देश्यले राजधानीमा नेपाली सेनासम्बन्धी बृहद् प्रदर्शनी शुरु भएको छ ।

महाशिवरात्री तथा सेना दिवसका अवसरमा नेपाली सेनाले जङ्गीअड्डा परिसरमा आयोजना गरेको ‘नेपाली सेना ः इतिहासदेखि वर्तमानसम्म’ विषयको चारदिवसीय प्रदर्शनीको प्रधानसेनापति पूर्णचन्द्र थापाले उद्घाटन गर्नुभयो ।

बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म जारी रहने उक्त प्रदर्शनीमा सैनिक ब्याण्ड, घोडचढी, जङ्गल तथा पहाडी युद्धकला, विशेष फौज, खेलकूद, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण, शान्ति सेना, नेपाली सेनाका ऐतिहासिक र आधुनिक हतियार, उपकरण, पोशाकलगायत विविध तस्बीर समावेश गरिएको सहायक रथी यामप्रसाद ढकालले बताउनुभयो ।

प्रदर्शनी उद्घाटन समारोहमा काठमाडौँ महानगरपालिकाका प्रमुख, पूर्वप्रधानसेनापतिहरू, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाका रथी तथा अन्य अधिकृत, यहाँस्थित विभिन्न राजदूतावासका सैनिक सहचारी, प्राध्यापक तथा नेपाल कला परिषद्का प्रतिनिधिलगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।