0 COMMENTS

 बासुदेव सेडाइ,लमजुङ १५फागुन/ लमजुङको बेसीशहर नगरपालिका – ११ चिति तिलाहार मा रहेको शिद्देश्वाेर महादेव मन्दिरमा शिवपुराण महायज्ञ भक्तजन हरुकाे उत्साहजनक सहभागीतामा प्रदेश नं ४ का माननीय धनन्जय दवाडीले भब्य रुपमा समुद्घाटन गर्नुभएको छ ।

शिद्देश्वाेर मन्दिर परिसर लाई धार्मिक , ऐतिहासिक र पर्यटकीय क्षेत्र बनाउ अार्थिक सहयोग संकलन गर्ने उद्देश्यका साथ अायाेजना गरिएको ९ दिन सम्म शिवपुराण र शिवरात्रिमा माहामेला अायाेजना गरिएको हाे । समुद्घाटन पहिले सम्पूर्ण उपस्थित भक्तजनहरुले कलस यात्रामा सहभागीता जनाएका थिए ।

कार्यक्रममा बाेल्दै कार्यक्रम का प्रमुख अतिथि दवाडीले पुर्बिय दर्शन लाई पश्चिमा हरुले उपयोग गरेर अाज संसारमै बिकसित राष्ट्र बने तर हामीले पढेर व्याहारिक प्रयोग गर्न नसकेर पछाडि परेका हाैं । बर्तमान समयमा पैसा अत्यन्तै बलवान छ पैसा भएपछि जे पनि हुन्छ भन्ने मानसिकता का बाबजुद पनि समाजमा लुकेर रहेको ईमानदारीता , नैतिकता लाई पनि उजागर गर्नुपर्ने तर्क राख्नुभयाे । बहुधार्मिक हाम्रो मुलुकमा सबै धर्म मान्नेहरुकाे धार्मिक शहिष्णुताकाे कारण सबै मिलेर बस्न सकेका छन् भन्दै धर्म शास्त्र हरुकाे अध्यानले मात्रै ज्ञान प्राप्त हुने बताउनुभयो ।

कार्यक्रममा अतिथि बेसीशहर नगरपालिका उपमेयर लक्ष्मि अधिकारीले अाफ्नाे धर्म संकृति माैलिकता जाेगाउनकाे लागि सबै एकजुट हुनुपर्ने कुरामा जाेड दिनुभयो । चितिकाे अाफ्नै बिशिस्ट पहिचान रहेको चिति बासिहरुले समाजकाे परिवर्तनको लागि महत्त्वपूर्ण भुमिका खेल्दै अाउनुभएकाे भन्दै याे कार्यक्रम पनि एउटा उत्कृष्ट कार्यक्रम हाे । अाफ्नाे माैलिकताकाे संरक्षण गर्ने राम्रो कामले अाउने पुस्तालाई पनि राम्रो सन्देश जाने र धार्मिक अास्था र बिश्वासले समाज लाई असल बाटोमा हिडाउन मद्दत गर्ने कुरा उल्लेख गर्नुभयो ।

बेद अनुयायी संस्थापक श्रि शान्ति स्वरुपानन्द दामोदर बाबाको बिशेष अातिथ्यता रहेको कार्यक्रममा बिश्व हिन्दु महासंघ लमजुङका अध्यक्ष घनश्याम सुवेदी , कार्यक्रमका अार्थिक संयाेजक शिव जाेशि नेपाली कांग्रेस चितिका सभापति शैलेश जाेशि लगाएतले अा- अाफ्नाे धारणा राख्नुभएको थियोे । शुभकामना मन्तब्य मन्दिर व्यवस्थापन समिति उपाध्यक्ष किरण थापले राख्नुभएको थियोे । बेसीशहर नगरपालिका – ११ वडा अध्यक्ष यबं मुल समाराेह समिति अध्यक्ष अचुत बगालेकाे अध्यक्षतामा भएको कार्यक्रम काे संचालन मन्दिर व्यवस्थापन समिति सचिव रुद्र सुयलले गर्नुभएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।