0 COMMENTS

काठमाडौँ, १४ फागुन/यातायात व्यवस्था कार्यालय एकान्तकुनाले यस वर्ष झण्डै चार सय ‘स्मार्ट’ चालक अनुमतिपत्र नेपालीकरण गरेको छ ।

अघिल्ला वर्षमा झण्डै चार हजार ‘स्मार्ट’ चालक अनुमतिपत्र नेपालीकरण गरेको कार्यालयले बताएको छ । सो कार्यालयमा ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु भएपछि नै अरु देशमा बनेको ‘स्मार्ट’ चालक अनुमतिपत्रका आधारमा नेपाली र विदेशी नागरिक दुवैलाई नेपाली ‘स्मार्ट’ चालक अनुमतिपत्र दिन शुरु भएको कार्यालय प्रमुख चेतप्रसाद उप्रेतीले बताउनुभयो ।

नेपालीकरणका लागि अघिल्ला वर्षहरुमा सेवाग्राहीले नक्कली कागजात देखाउँदा कार्यालयले यस वर्ष कडाइ गरेर थोरै सङ्ख्यामा मात्रै नेपालीकरण गरिएको हो । नेपालीकरणका लागि आएका नेपालीको विदेश बसेको प्रमाण र दूतावासको सिफारिसको आधारमा चालक अनुमतिपत्र नेपालीकरण भइरहेको बताइएको छ । उहाँले भन्नुभयो, “विगतमा कमजोर कागजात भएकालाई पनि स्मार्ट चालक अनुमतिपत्र दिएकाले अहिले कडाइ गरिएको छ ।” कार्यालयले कुटनीतिक नियोगका प्रतिनिधिको भने ‘स्मार्ट’ चालक अनुमतिपत्र र दूतावासको सिफारिसका आधारमा ‘स्मार्ट’ चालक अनुमतिपत्र नेपालीकरण भइरहेको बताएको छ ।

यातायात व्यवस्था कार्यालय प्रदेश मातहतमा गइसकेकाले यससम्बन्धी व्यवस्था निर्देशिकामा गर्नुपर्ने औँल्याइएको छ । प्रमुख उप्रेतीले भन्नुभयो, “निर्देशिका हुँदा हामी त्यसैका आधारमा नेपालीकरण गर्ने वा नगर्ने निर्णय गर्नेछौँ ।” नेपालमा सबैभन्दा पहिले यही कार्यालयबाट ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण र नेपालीकरण शुरु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।