0 COMMENTS

काठमाडौँ, १२ फागुन / काठमाडौँको उत्तरी क्षेत्र गोलढुङ्गामा रङ्गशाला निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञबाट रु ५० लाख बराबर आर्थिक सङ्कलन भएको छ ।

गोलढुङ्गा खेलकूद समाजको आयोजनामा समाजका संस्थापक अध्यक्ष एवं काङ्ग्रेस नेता स्व सुदर्शन आचार्यको स्मृतिमा निर्माण गरिने ‘सुदर्शन गोलढुङ्गा स्मृति रङ्गशाला’ का लागि उक्त रकम सङ्कलन भएको हो ।

समाजका सचिव देवेन्द्र अर्यालले स्व आचार्यले विसं २०५५ मा भागवत आयोजना गरेर रङ्गशाला निर्माण कार्य अगाडि बढाउने घोषणाअनुसार महायज्ञ आयोजना गरेको जानकारी दिनुभयो ।

समाजको नाममा गोलढुङ्गामा हाल ७५ रोपनी जग्गा रहेको छ । फागुन ४ गतेदेखि शुरु भएको महायज्ञ आज सम्पन्न भएको हो । महायज्ञमा वाचन प्रवीण दिनबन्धु पोखरेलले कथावाचन गर्नुभएको थियो ।फाेटाेःबिन्दु थापा,सापकाेटाकाे फेसबुक बाट 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।