0 COMMENTS

सर्लाही, १२ फागुन / हीजाे बहरथवा नगरपालिका–१६ गङ्गापुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।बहरथवा नगरपालिका–१६ गङ्गापुरमा ट्याक्टर पल्टिएर ब्याट्री सर्ट भई आगो लाग्दा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा हरिपुर नगरपालिका–१ का २५ वर्षीय राजेश महतो रहेको सर्लाहीका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो । शुक्रबार महतो आफैँले किनेर ल्याएको अन टेस्ट ट्याक्टरले खेत जोत्न जाँदै गर्दा नालामा ट्याक्टर पल्टिएको थियो । पल्टिएको ट्याक्टरबाट तेल चुहिन गई ब्याट्रीमा पुगेको र ब्याट्री सर्ट भएर आगो लाग्दा महतो जलेर गम्भीर घाइते भएका थिए । घाइते महतोलाई उपचारका लागि चितवनको भरतपुर लाँदै गर्दा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।