0 COMMENTS

काठमाडौँ, ३ फागुन / नेपाली सेनाले सैनिक मुख्यालय जङ्गी अड्डालाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले जङ्गी अड्डा परिसरमा आज आयोजित विशेष कार्यक्रम सैनिक मुख्यालयलाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

सो अवसरमा प्रधानसेनापति थापाले साङ्गठनिक रुपमै प्लाष्टिकको प्रयोगलाई निरुत्साहित गर्ने अभियानलाई व्यारेक इकाइसम्म कार्यान्वयन गर्न निर्देशन दिनुभयो । उहाँले प्लाष्टिकजन्य वस्तुलाई निषेधित गर्न र पुनःप्रयोगमा ल्याउन सकिने वस्तुको उचित व्यवस्थापन सम्बन्धीत विभागलाई निर्देशनसमेत दिनुभयो ।

प्रधानसेनापति कमाण्ड मार्गनिर्देशन २०७५ मा वातावरण तथा पर्यावरणमा नेपाली सेनाको प्रतिबद्धताअनुसार उक्त कार्यक्रम शुरु गरिएको नेपाली सेनाले जनाएको छ । प्लाष्टिक निषेधित क्षेत्र घोषणा कार्यक्रमका अवसरमा नेपाली सेनाका रथीवृन्द, अधिकृत र अन्य दर्जाहरुले जङ्गी अड्डा परिसरमा सरसफाइसमेत गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।