0 COMMENTS

 विराटनगर,२७माघ/ विराटनगर महानगरपालिका–२ बरगाछीमा आज बिहान टिपरको ठक्करबाट एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ । पूर्वबाट आएर दक्षिणतर्फ मोडन खोजेको को १ ख ७०९२ नं को टिपरको ठक्करबाट पहिचान हुन नसकेका करिव ५० वर्षका साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको मोरङ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । 

बरगाछी चोकमा टिपरको पछाडिको चक्काले उनलाई ठक्कर दिएको थियो । उक्त शव परीक्षका लागि कोशी अञ्चल अस्पताल विराटनगरमा राखिएको छ भने ठक्कर दिने टिपर र त्यसका चालकलाई प्रहरीले नयन्त्रणमा लिएको छ । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।