0 COMMENTS

मेलम्ची, २६ माघ/ सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ फेदेवामा बोलेरे दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ ।

याङिबाट मेलम्ची आउँदै गर्दा बा १५ च २७४१ नम्बरको बोलेरो सडकबाट २० मिटर तल खोलामा खस्दा बोलेरो चालक मेलम्ची नगरपालिका–७ का भीम रसायलीको घटनास्थलमा नै मृत्यु भएको मानेखर्क प्रहरी चौकीका प्रमुख रमेश महतले जानकारी दिनुभयो ।

बोलेरोमा चालक मात्र रहेको प्रहरीले जनाएको छ । घटना कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।