0 COMMENTS

काठमाडौँ, २५ माघ/लोकतान्त्रिक संविधान निर्माणसँगै लैङ्गिक समानताको प्रत्याभूति स्थापित भए पनि आमाको नामबाट नागरिकता नपाउनु दुःखद भएको भन्दै सचेतनामूलक र्याली निकालिएको छ ।

महिला, कानून र विकास मञ्चको आयोजनामा आज काठमाडौँको माइतीघरबाट निकालिएको उक्त सचेतनामूलक ¥याली नयाँबानेश्वर चोकमा पुगी सम्पन्न भएको थियो । ¥यालीमा पूर्ण नागरिक, पूर्ण अधिकार नागरिकतामा समान अधिकार, कोख मेरो सन्तान कस्को ?, आमाको नामबाट नागरिकता सुनिश्चित गरलगायत नारासहित सचेतनामूलक सडक नाटक गरेर ¥याली समापन गरिएको थियो ।

सामाजिक तिरस्कार, अपमान, राज्यबाट पाउने सेवासुविधा नपाउँदा महिलाको जीवनमा आउने समस्याका साथै महिलाले मृत्युको बाटो रोज्न बाध्य हुनु परेको घटनालाई नाटकको माध्यमबाट प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।