0 COMMENTS

बीबीसी २३माघ । इसाइ धर्मगुरु पोप फ्रान्सिसले इसाई पादरीहरुले महिलालाई यौनदासीको रुपमा राखेको कुरा पहिलो पटक स्वीकार गरेका छन् । मध्यपूर्वको भ्रमणमा रहेका इसाई धर्मगुरुले ननहरुलाई पादरीले यौन उत्पीडन गरेको पनि स्वीकार गरेका छन् । उनका अनुसार उत्पीडनको एउटा घटना यस्तोपनि थियो कि जहाँ महिलालाई यौनदासी नै बनाइएको थियो ।

उनका अनुसार उनी भन्दा अघिका धर्मगुरु पोप बेनेडिक्टको पालामा त्यस खालका ननका कारण धर्मसभा नै बन्द गर्नुपरेको थियो । जसलाई पादरीले नियमित रुपमा शोषण गर्दै आएका थिए । उनले चर्च यो समश्या समाधानको लागि जुटिरहेको समेत बताएका छन् । यो अप्ठेरो अहिले पनि रहेको उनले जनाएका छन् । उनले मंगलबार पत्रकारहरुसँगको कुराकानीमा सो कुरा बताएका हुन् ।

ad ad ad
पोपले यस खालका गतिविधिलाई लिएर कैयौ पादरीलाई निलम्बन पनि गरिएको जनाए । यद्यपि अझै यसमा थप प्रयास हुनु जरुरी रहेको उनले बताएका छन् । पोपले पादरी र विशपले ननको शोषण गरिरहेको जनाउँदै यसबारेमा चर्चले आवश्यक छानबिन गरिरहेको बताएका छन् ।

उनले भने,‘‘ पोप बेनेडिक्टले महिलाहरुको एक सभा भंग गर्ने साहस देखाए । किनकि पादरीका संस्थापकले त्यहाँ महिलालाई दास बनाएर राखेका थिए । यहाँ सम्मकि महिलालाई त्यहाँ यौनदासी समेत बनाइएको थियो ।’’

यस खालको समश्या निरन्तर रुपमा भइरहेको र खासगरी ठूला धर्मसभाका क्रममा यस्तो गतिविधि हुने गरेको पोपले जनाएका छन् । गएको वर्ष नोभेम्बर महिनामा क्याथोलिक चर्च ग्लोबल अर्गनाइजेसन फर नन्सले चुप लाग्ने र गोपनीयता राख्ने परम्पराको निन्दा गर्दै त्यसले आफ्नो कुरा भन्न चाहने ननलाई अप्ठेरो परेको जनाएको थियो ।

केही दिन अघि भ्याटिनकका महिलाहरुको पत्रिका ‘वुमन चर्च वल्र्ड’ले शोषणको निन्दा गर्दै भनेको थियो,‘‘केही मामिलामा ननहरु आफ्नो पेटमा रहेको बच्चा गर्भपतन गर्न बाध्य भए । जबकि क्याथोलिकहरुमा गर्भपतन गराउन मनाही गरिएको छ।’’ सो पत्रिकाका अनुसार मि टू अभियानपछि चर्चका धेरै महिलाहरुले यौन शोषणका बारेमा जानकारी बाहिर ल्याइरहेका छन् । (बीबीसी)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।