0 COMMENTS

 काठमाडौं२०माघ/ काठमाडौं उपत्यका खानेपानी लिमिटेडले राजधानीमा वितरण गर्दै आएको खानेपानीमा ढल आउन थालेको छ ।उपभोक्ताका अनुसार काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल) को चरम लापर्बाहीका कारण खानेपानीमा ढल आउने थालेको हो ।

खानेपानी लिमिटेले उपत्यकामा दैनिक १३ करोड लिटर पानी वितरण गर्दै आइरहेको छ । केयूकेएलले आपूर्ति गर्दै आइरहेको मैतिदेवी, घट्टकुलो, सामाखुशी, गंगबु, माछापोखरी, नयाँबजार, महाराजगन्ज, बसुन्धरालगायतका अधिकांश ठाउँमा खानेपानीमा ढल मिसिएर आउन थालेको ती क्षेत्रका बासिन्दाले दुखेसो गरेका छन् ।

यी क्षेत्रमा हिउँदयाममा प्रायजसो खानेपानीमा ढल मिसिएर आउने गरेको उपभोक्ताको भनाइ छ । काठमाडौं उपत्यकाका अधिकांश ठाउँमा साताको एक दिन मात्र पानी आउँछ । -राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।