0 COMMENTS

काठमाडौंँ, १७ माघ /काठमाडौँको एक चकलेट उद्योगमा आज आगलागी हुँदा रु ७० लाखको क्षति भएको छ ।काठमाडौँ महानगरपालिका–१५ स्थित चागलमा रमेश अग्रवालले सञ्चालन गरेको लखन फुट चकलेट उद्योगमा आगलागी हुँदा उद्योगका कच्चापदार्थ र तयारी सामग्री जलेर नष्ट भएको हो । चकलेट पकाउने क्रममा डिजेल पोखिएर आगलागी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । स्थानीयवासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

यस्तै काठमाडौँको दक्षिणकाली नगरपालिका–६ बस्ने किरणकुमार रञ्जितको घर अगाडि पार्किङ गरेर राखिएको बा९८प ६५७८ नंको स्कुटरमा आज आगलागी भएको छ । आगलागीबाट स्कुटर पूर्ण क्षति भएको र घटना शंकास्पद रहेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।