0 COMMENTS

वीरगञ्ज, १७ माघ/सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्मले लागुऔषध गाँजासहित आज बिहान एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा ठोरी गाउँपालिका–१ पकहामैनपुर बस्ने ३० वर्षीय कोजा मियाँ हजाम रहेका छन् । जाँच गर्दा निजले झोलाभित्र लुकाई पाँच किलो तयारी गाँजा भारततर्फ लैजान लागेकाले पक्राउ गरिएको निमित्त गुल्मपति सशस्त्र प्रहरी निरीक्षक पदम खड्काले राससलाई बताउनुभयो ।

गाँजासहित पक्राउ परेका हजामलाई कारवाहीका लागि इनर्वास्थित प्रहरी चौकीमा पठाइएको छ ।रु तीन हजार प्रतिकिलोका दरले तस्करले सो गाँजा खरीद गरी भारतमा रु १५ देखि २० हजार प्रतिकिलोमा बेच्न सकिने भएकाले यस्को तस्करी बढेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।