0 COMMENTS

रमिला बस्नेत, काठमाडौं माघ १६/ नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले सरकार विरुद्धको आन्दोलनलाई निरन्तरता दिएको छ। आज सरकार विरुद्ध नेपाल विद्यार्थी संघ मीनभवन क्याम्पसले पनि बानेश्वरमा प्रदशन गरेको छ। बानेश्वरको आज भएको राके जुलुसमा प्रहरीले लाठीचार्ज गरेको छ। लाठीचार्जबाट नेपाल विद्यार्थी संघ मीनभवन क्याम्पसका इकाई सभापति सरोज तिमल्सिना घाइते हुनुभएको छ।

घाइते तिमल्सिनाको अहिले बानेश्वरको सिभिल अस्पतालमा उपचार भैरहेको छ। नेपाल विद्यार्थी संघ केन्द्रिय समितिले बानेश्वरमा भएको प्रहरी दमनको घोर भत्सर्ना गरेको छ। संघले आजै बिग्यप्ती जारी गर्दै तत्काल यस्तो घृणित कार्य बन्द गर्न पनि प्रहरीलाई आग्रह गरेको। नेपाल विद्यार्थी संघले सरकार विरुद्धको आन्दोलन भोलि पनि निरन्तरता दिने पनि जारी बिग्यप्तिमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।