0 COMMENTS

काठमाडौं१४माघ/ पूर्वयुवराज पारस शाह नर्भिक इन्टरनेशल अस्पताल भर्ना भएका छन् । छाती दुख्ने समस्या आएपछि शाह सोमबार नर्भिक अस्पताल भर्ना भएका हुन् ।

शाहलाई नर्भिक अस्पतालको इमर्जेन्सीमा राखेर मुटुरोग विशेषज्ञ डा यादवदेव भट्टको टोलीले उपचार गरिरहेको अस्पतालले बताएको छ ।उनलाई माइनर हृदयाघातको शंका चिकित्सकहरुले गरेका छन् । अहिले उनको स्वास्थ्यअवस्थाबारे परीक्षण भइरहेको र रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ ।

अस्पतालका प्रेस संयोजक आरपी मैनालीले पूर्वयुवराज शाह भर्ना भएका तर उनको स्वास्थ्यअवस्थाबारे विस्तृत रिपोर्ट आइनसकेको बताए ।केही बर्षअघि पनि उनलाई हृदयघात भएको थियो । त्यसबेला उनको बैङककको समितीवेद अस्पतालमा लामो समय उपचार गरिएको थियो । त्यसबेलानै उनको मुटुको धमनीमा स्टेन्ट राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।