0 COMMENTS

काठमाडौँ, १४ माघ / धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २.७९ विन्दुले बढेर एक हजार १६४.८९ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६५ विन्दुले बढेर २४७.२५ विन्दुमा पुगेको छ ।

स्टकका अनुसार आज १६५ कम्पनीको आठ लाख ७१ हजार ८२८ कित्ता शेयर रु २२ करोड ४३ लाख १६ हजार ५२७ मा खरीद बिक्री भए । आज कारोवार भएका कूल १० उपसमूह मध्ये ६ उपसमूहको शेयरमा वृद्धि भएको र चार उपसमूहको शेयर घटेको स्टकले जनाएको छ ।

होटल १.५६, जलविद्युत् ०.०२, उत्पादन १४.७८ र अन्य ०.९४ विन्दुले घटेका छन् । यस्तै बैंकिङ ०.९९, विकास बैंक ८.६१, वित्त ०.७८, निर्जीवन बीमा ७२.४, लघुवित्त १७.५९ र जीवन बीमा १९.८६ विन्दुले बढेको छ ।

सामान्य बढेको बजारमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, माहुली साुमदायिक लघुवित्त वित्तीय संस्था, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, रिलायन्स फाइनान्स कम्पनीका शेयरधनीले आज कमाएका छन् ।
यस्तै हाथवे फाइनान्स कम्पनी, मल्टिपर्पोज फाइनान्स कम्पनी, कालिका लघुवित्त वित्तीय संस्था, आँखु खोला जलविद्युत् कम्पनी, बोटलर्स नेपाल तराई लिमिटेडको शेयरधनीले आज बढी गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।