0 COMMENTS

बासुदेब सेढाइ, लमही दाङ माघ,१२/  बिश्व वातावरण सन्तुलन कायम राख्न र नेपाली माैलिक संकृतिकाे संरक्षण गर्न भन्दै राष्ट्रनिर्माण शक्तिका अध्यक्ष साथै नेपाल दशनामी युवा समाजका उपाध्यक्ष यबं संगठन बिभाग प्रमुख शुरेस गिरि द्वारा अाफ्नाे जन्मदिनका अवसरमा धुपि , रुद्राक्ष , स्वमि लगाएतका ६ प्रजातिका बृक्षराेपण गरेर भब्य तरिकाले मनाउनु भएको छ ।

मैनबत्ति निभाएर केक काट्ने प्रचलन गरेर जन्मदिन मनाउनु भन्दा जन्मदिनको अवसरमा एउटामात्र बृक्षराेपण गर्न सके यसले वातावरण पनि सन्तुलन राख्ने र नेपाली माैलिकताकाे संरक्षण पनि गर्ने हुनाले अाफुले यस्तो गरेको बताउनुहुन्छ । एक ब्यक्ति बर्षमा न्युनतम एक बृक्षराेपण र जन्मदिनमा बृक्षराेपण अभियान लमजुङ बाट २०७५ साल मंसिर २९ गते सुरुभएकाेमा यसलाई राष्ट्रिय मान्यता दिनुपर्छ भन्ने अाफ्नाे धारणा रहेको उहाँको तर्क छ । अध्यक्ष गिरि लमजुङ निवासी भएपनि कामकाे सिलसिलामा दाङ पुग्नुभयकाे र त्यहि अाफ्नाे जन्मदिन मनाउनु भएको हाे । नयाँ साेच नयाँ बिचार समाज र देशकाे सकारात्मक परिवर्तनमा लाग्नुभएका लमजुङका युवाको रचनात्मक कामलाई दाङका बुद्धिजीवी समाजसेवी सरकारि कर्मचारी संचारकर्मि लगाएतले खुलेर प्रशंसाा गर्नुभएको छ ।

दाङको लमही नगरपालिका – ५ मा पर्ने अजम्मरि सामुदायिक बन उपभोक्ता समुहको जैविक बिबिधता संरक्षण ग्रिन पार्ककाे मिनि नर्सरी पार्क भित्र भएको जन्मदिनमा वृक्ष राेपण कार्यक्रम अत्यन्तै सन्देश मुलक रहेको समुहका अध्यक्ष पुनाराम केशि बताउनुहुन्छ । जन्मदिनमा बृक्षराेपण कार्यक्रममा डिभिजन बन कार्यलय लमही दाङका सहायक बन अधिकृत पुरन प्रशाद चाैधरि प्रमुख अतिथि देउखुरी उद्योग बाणिज्य संघ लमही दाङका अध्यक्ष रत्न प्रशाद श्रेष्ठ बिशिस्ट अतिथि साथै समाजसेवी बिनाेद बुढाथोकी प्रकाश भण्डारी लगाएत बाैद्धिक ब्यक्तित्वहरु र स्थानीय संचारकर्मिहरुकाे समेत उपस्थिति थियोे । बिश्व वातावरण सन्तुलन र नेपाली माैलिक संकृति संग जाेडेर गरिएको कार्यक्रम अत्यन्तै उदाहरणीय सन्देश मुलक छ याे अभियान लाई प्रतेक गाउँ र नगरपालिका का वडा वडामा प्रतेक जिल्लामा देशभरि फैलाउन सके देशमा मात्रै नभएर अन्तर्राष्ट्रिय समुदाय लाई समेत नयाँ सन्देश दिन सकिन्छ । बिश्व वातावरण सन्तुलनका लागि जन्मदिनमा बृक्षराेपण । जन्मदिनको करोडौं करोड शुभकामना अभियान्ता ज्यु लाई हाम्रो पनि ।नयाँ साेचले समाज र देशकाे सकारात्मक परिवर्तन गर्न सकाेस् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।