0 COMMENTS

ताप्लेजुङ, ४ माघ / शिकार खेल्न सँगै गएका साथीले बोकेको बन्दुक पड्किँदा एक युवकको ज्यान गएको छ ।फक्ताङलुङ गाउँपालिका–४ इखाबुका ३७ वर्षीय देवीबहादुर लिम्बूको शिकार खेल्ने क्रममा साथीले बोकेको बन्दुक पड्किएर मृत्यु भएको प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिनुभयो । लिम्बूको बन्दुकको छर्रा लागेर घटनास्थलमै ज्यान गएको हो ।

शिकार खेल्न सँगै निस्किएका सुरेन्द्र तामाङले लोड गरेर बोकेको बन्दुक हातबाट झरेर पहरामा ठोक्ँिकदा पड्किएर छर्राले लागेर लिम्बूको मृत्यु भएको थापाले बताउनुभयो । तामाङलाई आज जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान थालिएको थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।