0 COMMENTS

काठमाण्डाै४पुस०७५/  प्रदेश १ मा ७६२ वटा सवारी नियम उल्लंघन गर्ने सवारी साधन कारवाहीमा परेका हुन । मादक पदार्थ सेवन गरेर सवारी चलाउने ३३ जना, मोटरसाईकलमा ३ जना चढेर यात्रा गर्ने १४ जना, विना हेल्मेट मोटरसाईकल चलाउने १० जना, क्षमता भन्दा बढी मालसामान ढुवानी गर्ने ९७ जना, सवारी चालक अनुमति पत्र नभएका ४० जना रहेका छन् ।

त्यस्तै गरी सवारी चालक अनुमति नभएकालाई सवारी साधन चलाउन दिन ३२ जना, जथाभावी पार्किङ्ग गर्ने १८ जना, रोक्न निषेधमा सवारी साधन रोकेको ६१ जना, पार्किङ्ग निषेधमा सवारी साधन पार्किङ्ग गरेको ५ जना, सुरक्षा पेटी नबाधेको १५ जना, हेल्मेटको फिता नबाधेको १२ जना, कागज पत्र साथमा नराखेको १९६ जना, ट्राफिक ईशारा उल्लघंन गरेको १३ जना, सवारी साधनको बत्तीको अवस्था ठिक नभएको १८ जना, तिब्रगतिमा सवारी चलाएको २४ जना, हर्न निषेधमा हर्न बजाएको १ जना, ढोका खुल्ला गरी सवारी साधन चलाएको १४ जना, हद भन्दा बढी मालसामान ढुवानी गरेको ३२ जना, लापरवाही साथ सवारी साधन चलाएको १२६ जना र विना रुट परमिट सबारी चलाएको १ जना गरी जम्मा सात सय बैसट्ठी जना सवारी चालक तथा धनीहरु ट्राफिक कारवाहीमा परेकाे प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।