0 COMMENTS

सप्तरी, ३० पुस / सप्तरीको विष्णपुर गाउँपालिकास्थित निर्माणाधीन कुनौली–राजविराज सडकखण्डमा मोटरसाइकल दुर्घटनामा परी घाइते एक सशस्त्र प्रहरीको आज मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते राजविराज नगरपालिका–१६ बोरिया निवासी देवचन्द्र यादवका छोरा ३० वर्षीय सरोज यादवको उपचारका क्रममा मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक खेम थापाले जानकारी दिनुभयो ।

राजविराजमा उपचार हुन नसकेपछि गए राति उनलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । सशस्त्र प्रहरी बल बेस क्याम्प पातोमा कार्यरत यादव सवार को.४प १७७ नंको मोटरसाइकल गए राति साढे ७ बजे निर्माणाधीन कुनौली–राजविराज सडकखण्डमा निर्माण भइरहेको कल्भर्ट पुलमा ठोक्किएको थियो । अधरो पुलको फलामे छड उनको छातीमा रोपिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।