0 COMMENTS

उर्लाबारी, २८ पुस०७५/ वैदेशिक रोजगारीमा रहँदा दुर्घटनामा परी दाँहिने खुट्टा गुमाएका मोरङको पथरी शनिश्चरे नगरपालिका–९ का ३९ वर्षीय वीरबहादुर शेर्मालाई आज रु एक लाख ५०० सहयोग प्रदान गरिएको छ ।

उहाँलाई देश तथा विदेशमा रहनुभएका नेपालीद्वारा सङ्कलन गरिएको उक्त रकम प्रदान गरिएको हो । रूपेश शेर्माको अगुवाइमा मलेशियामा सङ्कलित रु ५० हजार, टिकेन्द्र शेर्माको अगुवाइमा कोरियामा सङ्कलित रु ३६ हजार र नरेन शेर्माको अगुवाइमा नेपालमा सङ्कलित रु १४ हजार ५०० उहाँलाई प्रदान गरिएको छ ।
सङ्कलित रकम झापा, शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले घाइते वीरबहादुरलाई उहाँकै घरमा पुगेर हस्तान्तरण गर्नुभएको थियो । साउदी अरबको रियादस्थित कृषि फारममा कार्यरत रहँदा २०७४ साउन २२ गते दुर्घटना हुँदा चोट लागेपछि त्यहाँका चिकित्सकले शल्यक्रिया गर्नेक्रममा दायाँ खुट्टा काट्नुपरको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।