0 COMMENTS

प्रतिभा भट्टरार्इ २६पुस०७५/ विश्व शान्तिको कामना सहित तारकेश्वर नगरपालिका मा कोटिहोमको आयोजना गरीएकाे छ ।  नागार्जुन डाँडाको फेदीमा रहेको अत्यन्त रमणिय स्थान जून तारकेश्वर नगरपालिका ४ मा अवस्थित छ। जहाँ रहेको स्वेत विनायक को मन्दिरमा बिश्व शान्तिको कामना सहित एक महिना सम्म संचालन हुने गरी कोटीहोमको आयोजना गरिएको छ।२०६५ सालमा बाटो खन्ने क्रममा डोजरको दाँती भाँचिएर रोकिएको काम २०६६ साल जेठ ९ गते पुन सुरु भएको थियो। काम गर्दै जाँदा एउटा ठूलो ढुङ्गा मा पिग लागिरहने र ज्वाला पनि निस्कने अनि काम गर्ने मानिस एक्कासी बिरामी पर्ने भएपछि उक्त ढुङ्गामा कुनै दैवी शक्ति रहेको आशंकामा खन्दै जाँदा साँझ करीब ५ बजे तीर पानी परिरहेको बेलामा गणेश को मूर्ति फेला परेको थियो।

जून कुनै मुर्तिकारले कोरेको नभई स्वयम् प्रकट भएको सहजै अनुमान गर्न सकिन्थ्यो। भने सो मूर्तिमा सामान्य पूजा आराधना गरेर क्षमा मागे पछि बिसन्चो भएको कामदारलाई पनि ठिक हुन गएको कुरा प्रत्यक्ष्यदर्सी हरु बताउँछन्। त्यसपछि गणेश भगबानको वाहन मानिने सेताे मूसा पनि उक्त क्षेत्रमा देखा परेको र उसैको संकेत अनुसार खन्दै जाँदा दक्षिणकाली, गोसाइँकुण्ड महादेव लगायत तेत्तिस्कोटी देवीदेवताको मूर्तिहरू फेला परेको पनि स्थानीय हरु बताउँछन्। गुह्येश्वरीको मन्दिरमा तेत्तीस कोटी देवीदेवता हरुले आराधना गरेको कथा शास्त्र मा सुनिनु र पुरानो गुह्येश्वरी मन्दिरको आसपासमा नै रहेको सो मन्दिरमा यस्ता मूर्ति हरु भेटिनुले कथा मा विश्वास गर्न सकिने अवस्था रहेको पनि संकेत गर्दछ।

मूर्तिहरू भेटिए पश्चात स्थानियको पहलमा भागवत लगाउने र मन्दिरको निर्माण गर्ने कार्य पनि गरियो भने उक्त क्षेत्रमा एक माताले आएर फेला परेका सबै मूर्तिहरू को नामाकरण पनि गर्नुभएको थियो। सत्यदेव गणेश नाम जुर्न गएको यो मन्दिर स्थापना भएपछि बिस्तारै बिस्तारै दर्शनार्थीहरुको चहलपहल बढेको देखिन्छ भने आफूले यस्तै ठाउँ सपनामा देखेको र आउन पाएकोमा खुशी लागेको अनि दर्शन पश्चात अलौकिक आनन्दको अनुभूति पनि भएको कुरा श्रद्धालु भक्तजनहरूको भनाइ रहेको र सच्चा भक्ति गर्ने हरकोहिको मनोकामना पूर्ण भएको कुरा पनि स्थानीय लगायत पूजारीको भनाई रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।