0 COMMENTS

दमक २१पुस०७५/  पूर्वपश्चिम राजमार्गको कमल गाउँपालिका–४ स्थित एकता चोकमा सवारी दुर्घटनामा परी शुक्रबार एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका–१ बस्ने शिव लामिछाने भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनलाई मे१ख १९५७ नंको ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट घाइते भएका लामिछानेलाई उपचारका लागि प्रहरीले आम्दा अस्पताल दमक लगेको थियो । अस्पताल पुर्याउने बित्तिकै डाक्टरले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।मृतक लामिछानेलाई ठक्कर दिने ट्रक र चालक पाँचथर भारपा बस्ने ३२ वर्षीय निर्मल राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।