0 COMMENTS

दमक, १८ पुस ०७५/ झापाको कमल गाउँपालिका–१ स्थित बाँसबारीमा आज अपरान्ह् भएको आगलागीमा परेर चार घरसहित टहरा जलेर नष्ट भएका छन् ।

स्थानीय राजदेवसिंह दनुवारको घरमा आगलागी हुँदा उहाँको घर, गोठ र टहरा जलेको वडा नं १ का अध्यक्ष केदार कटुवालले जानकारी दिनुभयो । आगलागीबाट दनुवारको घरमा भण्डारण गरिएको धान, चामल तथा लत्ताकपडासमेत जलेर नष्ट भएको जनाइएको छ । गाईवस्तुलाई खोले पकाउने क्रममा गोठबाट आगो सल्किएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।