0 COMMENTS

धरान१४पुस०७५ / एक नम्बर प्रदेशको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता ‘नेपालआईस मिस पुर्वाञ्चल’को नवौं संस्करणको फाइनल प्रतिष्पर्धा आज शनिबार हुँदै छ । धरान १५ स्थित इजि राइडर होटलमा हुने फाइनलको सम्पूर्ण तयारी पुरा भएको आयोजक सिल्भर इन्टरटेन्मेन्टले जनाएको छ । मिस पूर्वाञ्चलको प्रि–फाइनल जजिङ राउन्ड विहिबार धरान ११ स्थित मायावी लाउञ्जमा भएको थियो ।

यसपटक मिस पूर्वाञ्चलमा ‘मिस इटहरी २०१७’ विजेता तपस्या रनपहेली, ‘मिस उर्लाबारी २०१७’ रुसाली केसी सहित धनकुटाकी अनिला क्षेत्री, हिलेकी प्रजिता तामाङ, उर्लाबारीकी सबिना पोदार, इटहरी,तरहराकी तुलाशा पोख्रेल, झापा,भद्रपुरका, सलिना राजबंशी, पूजा श्रेष्ठ, संखुवासभाकी सोनेता दाहाल, धरानका आकृति आचार्य, इचिना राई ,सुचित्रा कार्की, बिराटनगरकी मोनिका रेग्मी र धनकुटाकी सष्टिका बिसुंखे प्रतिष्पर्धामा छन्। उनीहरुलाई कोरियोग्राफर प्रियारानी लामाले कोरियोग्राफी र विभिन्न क्षेत्रका विज्ञहरुले प्रशिक्षण दिएका थिए ।

उनीहरुलाई भेडेटार, नाम्जे, पाथीभराको पर्यटनका विषयमा जानकारी साथै विभिन्न सामाजिक सेवामा समेत सहभागी गराइएको थियो भने ट्राफिक सचेतना कार्यक्रममा समेत सहभागी गराएको थियो । मिस पूर्वाञ्चलको फाइनलका लागि मिस नेपाल वल्र्ड २०१८ श्रृंखला खतिवडा सहित विभिन्न क्षेत्रका चर्चित व्यक्तित्वहरुको उपस्थिती रहने छ ।पुर्बेली न्युज

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।