0 COMMENTS

विराटनगर पुस १३ / एक नम्बर प्रदेशको राजधानी विराटनगरमा मिस प्रदेश२०१८ विजयी रमिला बस्नेतलाई सम्मान गरिएको छ । प्रदेश नम्बर एकको माननीय सांसद तथा उपसभामुख सरस्वती पाेख्रेलले मिस स्टेट तथा अन्तराष्ट्रिय  खेलाडी बस्नेतलाई सम्मानित गरिएको हो । सगरमाथा पार्टी प्यालेशमा प्रथम रास्ट्रिय बेटी सम्मेलन आन्तरगत महिला अंकित स्तम्भ निर्माण)
गर्न प्रदेश न. १ स्तरीय छलफल तथा अन्तर संवाद कार्यक्रमकाे अवसरमा मिस स्टेट विजयी बस्नेतलाई दाेसल्ला फुलमाला सहित सामुहिक सम्मानित गरिएको राष्ट्रिय बेटी सम्मेलन संयाेजक नजबुल खानले बताउनु भएको हो । संयोजक नजबुल खान, प्रमुख अतिथि प्रदेश नं १ उप सभामुख माननीय सरस्वती पोखरेल, बिशेष अतिथि ने,का, बाट प्रदेश सासंद बिन्दिया कार्की, संघिय समाज बादि फाेरम बाट सासंद बसन्ती यादब, जयराम यादव, ने,क,पा, नेता महेश रेग्मी बिराटनगर महानगरपालिका उप मेयर इन्दिरा कार्की,नारी बिकासका संस्थाका सदस्य पत्रकार, अधिकारकर्मी हरु लगायतका उपास्थितिमा कार्यक्रम भएको थियोे । विराटनगर स्थित सगरमाथा पार्टी प्यालेसमा शुक्रबार अायाेजित कार्यक्रममा देशभर महिलालाई सिनिटरी प्याड निशुल्क सरकारले ब्यवस्थापन गर्नुपर्ने लगाएतका माग समेत बक्ताले राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।