0 COMMENTS

मिलन चाम्लि, धरान १३पुस०७५/धरान उच्च माबीको विद्यार्थीहरुले अभिभावकले खाजा खान दिएको पैसा संकलन हिमालय बोर्डिङस्कुल धरान १२ का क्यान्सर पीडित शिक्षिका गिता लिम्बू मगरलाई उपचारको लागि सहयोग स्वरुप प्रदान गरेको छ ।साथै बिद्यालयका शिक्षक शिक्षिकाहरुबाट सहित संकलन गरेर कुल तीस हजार रुपैयाँ आर्थिक सहयोग गरेको हुन ।

क्यानसर पीडित शिक्षिकालाई उपचार्थ सहयोग स्वरुप विद्यार्थीहरुले खाजा खर्च जम्मा पारेको २१ हजार ५ सय ६५ रुपैयाँ र शिक्षकहरूबाट ८ हजार ४ सय ३५ रुपैयाँ गरि जम्मा ३० हजार रुपैयाँ सहयोग गरेको हो ।धारा उच्च माबीको अतिरिक्त क्रियाकलाप संयोजक सुरेश घिमिरेको अनुसार सहयोग रकम विद्यार्थीहरुको संस्था कोसिस समुहको सक्रियतामा संकलन गरिएको हो । उक्त रकम संचालक समिति अध्यक्ष लड्डुप्रसाद साहिको र कोसिस समुहको अध्यक्ष किसनकुमार रौनियारले बिरामीको आफन्त तथा शिक्षक अशोक लिम्बुलाई हस्तान्तरण गरेको थिए । रौनियारले विद्यार्थी तथा शिक्षकको यो सहयोगले बिरामीको उपचार थोरै भए पनि राहत पुग्ने अपेक्षा गरेको बताए ।शिक्षिका गिता लिम्बू गत महिना २७ बर्षको उमेरमा रेक्टल क्यान्सर देखिएको थियो । हाल काठमाडौ स्थित एक अस्पतालमा उपचार चलिरहेको बिरामीको आफन्त अशोक लिम्बुले बताएका छन ।

[view_video url=”UQOHJseW5oE”]

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।