0 COMMENTS

काठमाडौं १३पुस०७५/ बुढानीलकण्ठको ‘रिह्याब’ सेन्टरमा प्रहरीले छापा मारेर ५१ जना युवतीको उद्दार गरेको छ । बिहीबार साँझ टेकुस्थित काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीको नेतृत्वमा गएको टोलीले छापा हानेर ती युवतीहरुको उद्दार गरेको हो ।

बोगटीका अनुसार रिह्याबका दुई सञ्चालक र दुई जना कामदारलाई पक्राउ समेत गरिएको छ । पक्राउ पर्ने सञ्चालकमा सन्तोष गौचन र श्रुति गुरुङ छन् । उद्दार गरिएकाहरुमा १२ देखि ६० वर्षसम्मका युवतीहरु छन् । एक जना रसियन नागरिक पनि छन् ।

उनीहरुमध्ये २० जनालाई परिवारको जिम्मा लगाइएको छ भने बाँकी २९ जनालाई माइती नेपालको आश्रयस्थलमा राखिएको छ । उक्त रिह्याबको एउटै कोठामा २५ जनासम्मलाई राखेर शारीरिक र मानसिक यातना दिइने गरिएको खुलेकाे छ ।[view_video url=”q_j-l2QfAhk”]

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।