0 COMMENTS

काठमाडौं १३पुस०७५/ आज (शुक्रबार) यो वर्षकै अहिले सम्मको सबैभन्दा बढी चिसो भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले  जानकारी गराए अनुसार आज बिहानको तापक्रम १ दशमलब ४ डिग्री सेल्सियस रहेको छ ।

गएको बुधबारको तापक्रम १ दशमलब ५ डिग्री सेल्सियस रहेको थियने । हिजो (बिहीबार) भने तापक्रम बढेर ५ दशमलब ५ डिग्री सेल्सियस पुगेको थियो । आज भने फेरि तापक्रम घटेको हो । चिसो बढेका कारण राजधानी काठमाडौं उपत्यकामा रुघा खोकीका बिरामी पनि केही दिन यता बढेको अस्पतालहरुको तथ्यांकले देखाएको छ ।चिसो बढेसँगै बिहान तथा बेलुका सडकमा सवारी साधन तथा पैदल यात्रुको चाप कम हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।