0 COMMENTS

बासुदेब सेढाइ,१२पुस०७५/ लमजुङको राईनास नगरपालिका – ९ निवासी दिपक घिमिरे र रञ्जना थापा घिमिरेका ७ बर्षिय छाेरा सन्देश घिमिरेकाे दुबै मृगौलाले काम नगर्ने भएपछि उनकाे उपचारमा सहयोग गर्न स्वदेश तथा बिदेशमा रहेका नेपाली हरुलाई समाजसेवी र कलाकार हरुले हार्दिक अपिल गरेका छन् । लमजुङको सुन्दर बजार नगरपालिका स्थित भाेटेवडारमा एक कार्यक्रम अायाेजना गरि सन्देश घिमिरेकाे जीवन रक्षाकाे लागि पहल गरिदिन अाग्रह गरेका हुन् ।

लमजुङको भाेटेवडार निवासी वीर सिंह घलेकाे संयाेजनमा अायाेजना गरिएको सहयोगकाे लागि अपिल कार्यक्रममा मृगौला पिडित सन्देश घिमिरे उहाँको बाबा अामा अाफन्तजन , कलाकार , समाजसेवी ,संचारकर्मि ,राजनीतिक दलका प्रतिनिधि ,बुद्धिजीवी लगाएत विभिन्न संघ संस्थामा अावद्ध ब्यक्ति हरुकाे उपस्थिति थियोे । कार्यक्रमकाे उद्देश्य रकम संकलनकाे लागि अपिल गर्ने भएपनि अर्को एउटा चेतनामूलक सुझाव पनि दिईएकाे थियोे । भक्तिनमुना उच्च मा. बि मा अध्यानरत २८ सुस्त श्रवण शक्ति भएका बिद्यार्थी हरुलाई कार्यक्रमकाे वारेमा साथै राेग लाग्न नदिने उपायबारे सांकेतिक भाषामा जानकारी गराईएकाे थियोे । कार्यक्रमकाे सम्पूर्ण गतिविधि संकलन गरि भिडियो तयार गरि प्रशारण गर्ने र सम्पूर्ण स्वदेश तथा बिदेशमा समेत जानकारी गराउने उद्देश्यले गाेल्ड मिडिया प्रा लि अनलाइन टेलिभिजन मार्फत सम्पूर्ण गतिविधि रेकर्ड गरिएको थियोे । कार्यक्रममा कलाकार हरुले गित मार्फत सन्देश घिमिरे लाई बचाउने अभियानमा सहयोग गर्न अपिल गरे त्यसैगरी समाजसेवी हरुले पनि जिवन रक्षाकाे लागि मन फुकाएर सहयोग गर्न अाग्रह गरे । घरको अार्थिक अवस्था मजबुत नभएको र बिगत ९ महिना देखि निरन्तर उपचारको क्रममा लाखौं रुपैयाँ खर्च भईसकेकाे र अझै ठुलो रकम खर्च गर्न बाँकी रहेकोले अाफ्नाे सानो छाेराकाे जीवन बचाईदिन पिडितका अामा बुबाले सबैलाई अनुरोध गर्नुभएको थियो ।

सामान्य नागरिक उपचार नपाएर मर्नुपर्ने तर नागरिककाे करवाट संकलन गरिएको राज्यकोषकाे ढुकुटीबाट ठुलाबडा भनाउदाहरुले सामान्य राेग लाग्दा उपचार गर्न बिदेश जाने गरेको भन्दै असन्तुष्टि ब्यक्त भएको थियोे । नागरिकको बाँच्न पाउने अधिकार ख्याल राख्न सरकारकाे ध्यानाकर्षण समेत गरिएको थियोे । स्वास्थ्य क्षेत्र जस्तो संबेदनसिल क्षेत्रमा भएको ब्यापारी करणले सर्वसाधारण नागरिक उपचार बिना मर्नुपर्ने अवस्था अाउनु दुखद रहेको सहभागीले बताए । कार्यक्रममा उपस्थित सहभागीहरुले ब्यक्तिगत रुपमा पनि सहयोग गर्नुभयो भने याे अभियान लाई निरन्तरता दिएर सन्देश घिमिरेकाे जीवन जसरि पनि बचाउने प्रतिबद्धता ब्यक्त भएको छ ।

सन्देश घिमिरे बचाउ अभियान कार्यक्रममा समाजसेवी बिरसिंह घले , देबि ब. गुरुङ , गायक संकर परियार, गाईका अनिता गुरुङ , सीता गुरुङ , धन दुरा , नयाँ शक्ति लमजुङका संयाेजक राजु थापा , रेडियो भाेटेवडारका राजन परियार लगाएत शिक्षक , विभिन्न संघ संस्थाका प्रतिनिधि , पिडितका बाबू अामा र अाफन्तहरुकाे उपस्थिति थियोे ।सन्देश घिमिरे बचाउ अभियानमा स्वदेश तथा बिदेशमा रहेका सम्पूर्ण नेपाली बा अामा दाजुभाइ दिदीबहिनी हरुमा हार्दिक अपिल गर्दछाैं । तपाईहरुकाे सानो सहयोगले ७ बर्षिय बालककाे ज्यान वचन सकाेस् ।
सम्पर्ककाे लागि :
९८४६४२७१२५
९८१३०२९०४१
” सेवा नै धर्म हाे “

[view_video url=”43KmkEF1qgQ”]

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।