0 COMMENTS

उर्लाबारी, १०पुस०७५/ मोरङको उर्लाबारी नगरपालिका–७ मा हीजाे साँझ घरमा आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ ।साँझ ६ः३० बजे रामबहादुर थापाको घरमा आगलागी हुँदा जलेर ४५ वर्षीया बुहारी रिनाको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । आगलागीको समयमा घरमा ८४ वर्षीय ससुरा रामबहादुर र बुहारी रिना रहेका थिए । रामबहादुरलाई स्थानीयवासी र प्रहरीले उद्धार गरे पनि बुहारी कोठामा चुकुल लगाएर सुतेकाले उद्धार गर्न नसक्दा आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट फुस र टाटीको बेराले बनेको घर जलेर नष्ट हुँदा रु पाँच लाख बराबरको क्षति भएको छ । आगलागीको कारण खुल्न नसकेको प्रहरी निरीक्षक तिमल्सिनाले जानकारी दिनुभयो । आगोलाई झापाको दमकबाट आएको बारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।[view_video url=”Alb6bP5u5tE”]

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।