काठमाडौँ ०९पुस०७५/कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको १५० दिन पुगेकोे छ । बलात्कारपछि हत्या घटना अनुसुन्धानका क्रममा प्रहरीले नै प्रमाण मेटेपछि अपराधी पत्ता लाग्न सकेको छैन ।
निर्मला प्रकरण अनुसन्धानका लागि पछिल्लो पटक केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अर्को टोली कञ्चनपुर पुगेको छ । सीआइबीका प्रवक्ता एसपी सुदीप गिरी नेतृत्वको टोलीले कञ्चनपुर पुगेर अनुसन्धान थालेको समाचार आजको अन्नपूर्ण पोस्टमा छ ।
यस्तै अाजकाे नयाँ पत्रिकाका अनुसार प्रहरी प्रमाणभन्दा बयानमुखी बन्दा १ सय ५० दिन बित्दासमेत निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेको पहिचान गर्न असफल छ । घटनामा संलग्न भएको आरोपमा पछिल्लोपटक पक्राउ गरिएका दुई किशोरका कारण प्रहरी थप विवादमा परेको छ ।
प्रतिक्रिया दिनुहोस्